भरतपुर महानगरका प्रवक्ताले पिटे सेवाग्राही युवतीलाई कार्यालयभित्रै

कहिँ नभएको जात्रा भरतपुर महानगरपालिकामा । हो यहि दृष्य देख्न पाइयोभरतपुर महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा बुधबार । वडाध्यक्ष तथा भरतपुर महानगरका प्रवक्ता समेत रहेका अरुण पीडित भण्डारी आफ्नो मर्यादा समेत बिर्सेर उनले एक युवतीलाई धकेलाधकेल तथा हात हालाहालको गरे ।
यो दृश्य देख्नु अघि सेवाग्राही उक्त युवतीले मिडियालाई सूचना दिएर बोलाएकी थिइन् ।

Advertisement 1

वडाध्यक्षले जथाभावी बोलेका र आफूहरुलाई चोरको सन्तान भन्दै हप्काएर सिफारिस नदिइएको युवतीले बताएकी थिइन् । ती युवती र उनका बालाई प्रहरीले समातेर प्रहारी कार्यालय लैजान खोज्दै थिए । तर युवती मानिनन् । यति बेला वडा कार्यालय भित्रबाट बन्द गरिएको थियो । पछि बुझ्दा थाहा भयो भित्र युवतीका भाइहरु र वडाध्यक्षबीच विवाद भइरहेको रहेछ । र भित्रबाट प्रहरीले युवतीलाई बाहिर निकालेर प्रहरी कार्यालय लान खोजेका रहेछन् ।

Advertisement 2

युवतीलाई प्रहरीले लैजान खोजे पनि उनी जवरजस्ती पुनः भित्र पसिन् र हामीलाई पनि लगिन् । भित्र निकै भिडभाड देखिन्थ्यो र चर्काचर्की भइरहेको थियो । भित्र ५र७ जना प्रहरी अधिकारीहरु पनि थिए । हामीभित्र छिरेपछि वडा अध्यक्षले ‘तपाईंहरु बाहिर जानुस्,’ भने । ती सेवाग्राही युवती र उनका साथमा रहेका भाइहरु र बुवाले हामीलाई नजान आग्रह गरे र हामी जान मानेनौं । तर प्रहरी अधिकारीहरुले वडाध्यक्षको कार्यालयबाट हामीलाई जबरजस्ती बाहिर निकाले र भित्रबाट ढोका लगाए ।

 

Advertisement 3

 

प्रकाशित :२०७८ जेष्ठ २८, शुक्रबार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry