अस्मिता र सञ्जिवको जीवन भोगेर

हरेक दिन जसो कुनै न कुनै नयाँ गीत संगीत बजारमा आइरहेका हुन्छन् ।
कुनै यस्ता गीत संगीत हुन्छन्,जस्ले दिमाग हल्लाउछन्,हृदय छुन्छन् । यस्तै हृदयस्पर्शी गीत बजारमा आएको छ जीवन भोगेर । गायिका अस्मिता अधिकारीको स्वर रहेको नया युगल गीत हालै मात्र सार्वजनिक भएको हो । जस्मा पुरुषतर्फको नवगायक सन्जिब अधिकारीको सुमधुर आवाज सुन्न सकिन्छ । सन्जिब पेशाले सरकारी कर्मचारी पनि हुन् । उनी जल तथा मौसम विज्ञान विभाग कर्मचारी हुन् । यस युगल गीतमा गायक सन्जिब अधिकारीकै मार्मिक शब्द रहेको छ। जस्लाई संगीतकार विपिन घिमिरेले संगीतवद्ध गरेका छन् भने पुरुषोतम सुबेदीको संगीत संयोजन गरेका छन् ।
जीवनको भोगाइ र बुझाइको विषयमा केन्द्रित रही तयार भएको सो गीत अहिलेको बर्तमान अवस्थामा अत्यन्त समय सान्दर्भिक देखिन्छ । दुई दिन अघि मात्र हाइलाइट्स नेपालबाट सार्वजनिक भएको सो गीतलाई ८ हजार बढी भ्यूज प्राप्त भइसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १४:१३

प्रतिक्रिया दिनुहोस्