तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने रु ५० ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार ३४० कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० र १ तोला चाँदीको मोल रु ५ हजार २९० कायम भएको थियो। गत मङ्गलबार प्रतितोला सुन रु ३ लाख ५ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार २४० कायम भएको थियो। गत सोमबार १ तोला सुन रु ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २५० मा खरिदबिक्री भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज १ औँस सुन ५ हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित :२०८२ माघ २९, बिहीबार १३:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















