सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ। आइतबार प्रतितोला रु ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु २ लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
Advertisement 1
महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ। आइतबार प्रतितोला रु ५ हजार ५०० मा कारोबार भएको चाँदी आज रु ५ हजार २ सयमा कारोबार भइरहेको छ।
यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला रु ३ लाख ३९ हजार ३०० पुगेको थियो। सुनको मूल्य तोलामा ३ दिनमा रु ५२ हजार ७०० ले घटेको हो।
प्रकाशित :२०८२ माघ १९, सोमबार १२:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














