सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी

काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्रकला पौडेललाई तोकिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

Advertisement 1

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत पौडेललाई सरकारले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्रि ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि पौडेलले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको हैसियतमा कामकाज गर्नेछिन् ।

Advertisement 2

 

प्रकाशित :२०८२ माघ १३, मंगलवार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry