‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक

oplus_2

काठमाडौं। वन तथा वातावरण मन्त्रालयले ‘जीवन्त सगरमाथाः नेपालका पर्वतीय उत्पादनशीलता रणनीति’ सार्वजनिक गरेको छ। आज मन्त्रालयले संयुक्त राष्ट सङ्घ र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहकार्यमा तयार पारिएको सो रणनीति सार्वजानिक गरिएको हो।

Advertisement 1

मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले यस रणनीतिबाट हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनस्तर उकास्न सहयोग पुग्नाका साथै प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षण सुनिश्चित हुने अपेक्षा गरिएको बताए।

रणनीतिमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, हिमाली जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, जलस्रोतको संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जन सुदृढीकरणलाई मुख्य आधारका रूपमा समेटिएको छ।

Advertisement 2

साथै पर्वतीय कृषि, जडीबुटी उत्पादन, पर्यटन प्रवद्र्धन, नवीकरणीय ऊर्जा र स्थानीय उत्पादनको मूल्य शृङ्खला विकासमार्फत आर्थिक अवसर सिर्जना गर्ने विषयलाई विशेष महत्व दिइएको छ। रणनीतिले हिमाली तथा पर्वतीय क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै वातावरणीय संरक्षणसँगै आर्थिक उत्पादनशीलता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

प्रकाशित :२०८२ माघ ६, मंगलवार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry