विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ।

Advertisement 1

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै जित हासिल ग¥यो। थाइल्याण्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन्। उनले २९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रनको योगदान दिइएकी हुन्।

नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन्। बलिङतर्फ नेपालकी सीता रानामगरले २ विकेट लिइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रनको योगफल बनाएको थियो।

Advertisement 2

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाएकी हुन्। त्यस्तै सम्झना खड्काले ११ बलमा २६ रन बनाइन्। रुबिना क्षेत्रीले २ छक्का र १ चौकासहित १० बलमा १७ रन बनाइन भने पूजा महतोले १२ रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक ३ विकेट लिइन् भने ओन्निता कामचोम्पुले २ र चनिँदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोग्रातानाले समान १÷१ विकेट लिएका हुन्। नेपाल आफ्नो दोस्रो खेल यही माघ ८ गते नेदरल्याण्डसँग खेल्नेछ।

प्रकाशित :२०८२ माघ ४, आईतवार १३:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry