इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं। शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ।

Advertisement 1

गए राति सम्पन्न निर्वाचनमा सस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भएका छन्।

यसैगरी सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी विजयी तथा सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन्। सदस्यहरुमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएका छन्। निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए। साधारणभाको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उद्घाटन गरेका थिए।

प्रकाशित :२०८२ पुष २९, मंगलवार १०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम