हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै

कालीकोट। कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ।

Advertisement 1

सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढङ्गले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताए।

हुल्मदेखि अस्पतालसम्मको ४ किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट’सम्मकोे साढे १ किलोमिटर कालोपत्र प्रायः पूरा भएको उनले जानकारी दिए। सडक स्तरोन्नतिका निम्ति रु ५ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो।

प्रकाशित :२०८२ पुष १८, शुक्रबार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry