चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं। नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ।
Advertisement 1
नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो।
यसअघि उद्योगले एकपटकमा ५ लाख र अन्य व्यवसायीले १ लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए। राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो।
प्रकाशित :२०८२ पुष १३, आईतवार १६:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













