राष्ट्रिय परिचयपत्र विभागका दर्ता अपरेटर पक्राउ, २ जना हिरासतमा

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ विपरीतको कसुरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दर्ता अपरेटरसहित २ जनालाई पक्राउ गरेको छ।

Advertisement 1

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरवार, काठमाडौँमा कार्यरत दर्ता अपरेटर २८ वर्षीय सुनित प्रभाग रेग्मीले आफ्नो युजर आइडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र स्वीकृत गरेको पुष्टि भएपछि पक्राउ गरिएको सिआइबीले जनाएको छ।

यही कसुरमा संलग्न रहेको आरोपमा ललितपुर महानगरपालिका–१३ निवासी आशिष बाबु कुमाललाई पनि पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जनाएका छन्।

Advertisement 2

उनीहरूविरुद्ध “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६” को परिच्छेद ६ दफा ४५ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट मिति २०८२/०८/२७ गतेदेखि लागू हुने गरी पहिलो पटक ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको सिआइबीले जनाएको छ।

प्रकाशित :२०८२ मंसिर २९, सोमबार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry