मेराे नेतृत्व – “उत्पादनसहितको ठोस कार्यदिशा छ?”

काठमाडौं। कुनै पनि देश, समाज वा व्यवसायिक संघ–संस्थालाई समृद्ध बनाउने भनेको त्यसका आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग नै हो। स्रोत–साधनभित्र जमिन, मानव संसाधन, नदी, वनजंगल लगायत थुप्रै तत्वहरू पर्दछन्। यी सबैलाई चलायमान र उत्पादक बनाउन नेतृत्वमा ठोस कार्यदिशा अनिवार्य हुन्छ।

Advertisement 1

नेपालका विकासका कुरा गर्दा एउटा प्रश्न स्वाभाविक रूपले उठ्छ-
“के हामीले देखिरहेको विकास साँच्चै विकास हो? त्यो कसका लागि हो-हाम्रै लागि कि कुनै सीमित समूहका लागि?”

हाल नेपालमा सडक र पूर्वाधार विस्तार व्यापक रूपमा भइरहेको देखिन्छ। मोटरबाटो बन्दा सहजता बढ्छ, समय बच्छ-यो कुरा अस्वीकार गर्न सकिँदैन। तर मुख्य प्रश्न भनेको-
यी बाटाघाटा गाउँमा उत्पादन भएको वस्तु बजार हुँदै भारत तथा अन्य देशमा बेच्नका लागि बनेका हुन् कि बहुराष्ट्रिय कम्पनीको सामान गाउँ–गाउँ पुर्‍याउनका लागि?

Advertisement 2

बहुराष्ट्रिय कम्पनीले विभिन्न देशमा लगानी गर्नुको उद्देश्य स्पष्ट छ-उत्पादन बेच्छन्, बजार कब्जा गर्छन्।Red Bull, Coca-Cola, iPhone लगायतका उत्पादनहरूलाई गाउँ–गाउँ पुर्‍याउनु तिनको प्राथमिकता हो।र जबसम्म हाम्रो देशले आफ्नै उत्पादन गर्न सक्दैन, तबसम्म नेपाल बहुराष्ट्रिय कम्पनीका दृष्टिमा- “राम्रो ग्राहक र सस्तो श्रमिक” बाहेक अरू केही हुँदैन। त्यसैले अबकाे नेतृत्वले उत्पादनमूलक कार्यक्रम बिना दाबी गरेर मेराे नेतृत्व हुनै सक्दैन।

आजको आवश्यकतामाः
पानीलाई चलायमान बनाउन के योजना छ?
जंगललाई उत्पादक बनाउन कसरी?
नीतिगत रूपमा कसरी अग्रमै जाने?
परराष्ट्र नीति कस्तो हुने?
छिमेकसँग साझेदार विकास कसरी सम्भव?
हाम्रो छिमेकीसँग न त झुक्नु पर्ने, न त झर्किनु पर्ने- तर विश्वास, स्पष्टता र साझेदारी चाहिन्छ। हामी नेपाली नयाँ कुरा चाँडै अंगाल्छौँ, तर नयाँ भनेको कपाल कालो वा सेतो होइन, देश विकासको ठोस योजना, इमान्दार नेतृत्व र उत्पादक अर्थतन्त्र हो। यदि आगामी नेतृत्वले पनि उत्पादनमूलक चेतना नल्याए, नेपाल अझै निर्धन, निर्भर र उदोगतिर झर्ने जोखिम बढ्दै जान्छ। युवाहरू विदेश जान बाध्य हुने, त्यहाँ सस्तो श्रमिक बनेर कमाएको पैसा नेपाल पठाउने, र त्यो पैसाले फेरि बहुराष्ट्रिय कम्पनीकै सामान किन्दै जाने- यसरी हामीले युवापन बेच्दै, परिवारसँग बस्ने अवसर गुमाउँदै गएको तितो यथार्थ छ।

Advertisement 3

अन्ततः-
नेतृत्व त नागरिकबाटै जन्मिन्छ। हामी जस्तै छौँ, नेतृत्व पनि उस्तै बन्छ। त्यसैले परिवर्तन हाम्रो सुधारबाटै सुरु हुन्छ।

समाधानको बाटो

हामी चाहन्छौँ- यस्तो नेतृत्व जसले उत्पादनमा सरकार र नागरिक दुबैलाई जोड्ने,

-छिमेकसँग सन्तुलित र व्यवहारिक सम्बन्ध राख्ने,
-विकासलाई साझेदारी र उत्पादनमा आधारित बनाउने,
-स्रोत–साधनको अधिकतम उपयोग गर्ने
स्पष्ट कार्यदिशा प्रस्तुत गरोस्।

प्रकाशित :२०८२ मंसिर २६, शुक्रबार २०:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry