ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ।
Advertisement 1
साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ। यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ। यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।
Advertisement 2
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
।













