सुनचाँदीको मूल्य निरन्तर अकासिदो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ५४ हजार १०० कायम भएको छ। आज चाँदीको मोल रु ११० ले बढेर तोलामा रु ३ हजार ६५५ निर्धारण भएको छ।

मङ्गलबार सुनको मूल्य प्रतितोला रु २ लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने १ तोला चाँदी रु ३ हजार ५४५ मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित :२०८२ मंसिर १७, बुधबार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry