सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

काडमाडौं। नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
Advertisement 1
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज १ सन्देश जारी गर्दै पार्टीको विधानअनुसार स्थानीय तहदेखि सङ्घीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गरेको बताएका छन्। भविष्यमा पनि यस्तो सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने पार्टीको प्रतिबद्धता उनले सन्देशमा दोहोर्याएका छन्।
नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशितालगायत विषयहरूलाई कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको कार्यवाहक सभापति खड्काले सन्देशमा उल्लेख गरेका छन्।
प्रकाशित :२०८२ मंसिर १७, बुधबार १०:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












