राक्सिराङमा आजदेखि हाटबजार मेला

बाग्मती। मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा आजदेखि दुईदिने हाटबजार र भ¥याङकालिका मेला सुरु भएको छ।
Advertisement 1
स्थानीय घरेलु तथा कृषि उत्पादन प्रवद्र्धन, बजारीकरण तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राक्सिराङ गाउँपालिका–३ वडा कार्यालयको आयोजनामा पलाँसेबजारमा हाटबजार र भ¥याङकालिका मेला आयोजना गरिएको वडाअध्यक्ष उत्तम बाइबाले जानकारी दिए। उनका अनुसार हाटबजार तथा भ¥याङ मेलाका कक्षमा स्थानीय किसानद्वारा उत्पादित गेडागुडी, तरकारी, स्थानीय पशुपक्षीको मासु तथा परिकार, विविध खानेकुराहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ।
यस्तै मङ्सिर १७ गते भ¥याङकालिका मेलामा चेपाङ, तामाङ र मगर समुदायको मौलिक नृत्य, बाँसुरीका धुन, पञ्चेबाजा, खैजडी भजन, टुङ्गना र डम्फुका प्रस्तुतिसहितको सांस्कृतिक विविधता झल्किने कार्यक्रम तय भएको वडाअध्यक्ष बाइबाले बताउनुभयो। मेलामा कलाकार सानु केसी, स्मृति गौतम, रविनकुमार चेपाङ, गीता तामाङ, उद्धव कार्की, लक्ष्मी दर्नाल, गोकुल ढकाल, बलबहादुर बाइबालगायतका कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।












