वर्तमान राजनीतिक चित्रण

नेपालको राजनीतिमा आज जेजस्ता घटनाहरु भएका छन् इतिहासमा यसको मूल्याङ्कन हुनेनै छ । सर्वप्रथम के बुझ्न जरुरी छ भने वाम गठबन्धनले निर्वाचनमा बहुमत प्राप्त गरिसकेपछि तत्कालिन अवस्थामा रहेका नेकपा माओवादी केन्द्र र एमालेको एकीकरण भएको थियो एक पार्टीमा अर्को पार्टी विलय भएको थिएन । यद्यपि पछिका घटनाक्रममा कसले जाल खेल्न थाल्यो गहनरुपमा बुझ्न जरुरी छ । दुई दल एक हुने क्रममा सरकार आधा आधा चलाउने भनिएको थियो जुन सहमतीका बुँदा अझै पनि ताजै छन् ।
Advertisement 1
त्यस पछि झेल गर्दै गएर कार्यकारी अध्यक्ष दिने प्रपन्च रचेर छल गरियो यो आज पनि छर्लङ्गै छ । यति हुँदा हुदै पनि आफैं बैठकमा नजाने कुनै निणर्य नगर्ने कार्यकारी अध्यक्ष म नै हुँ भन्दै ३ वर्ष सम्म पार्टी एकीकरण नगरी झेल गर्दै भाँजो हालेर नौटकीं र नाटक मच्चाउने क्रम चलिरयो । पार्टी विधिमा चल्न नदिने, उल्टो एउटा जिम्मेवार कार्यकारी अध्यक्षलाई गिराएर मैले छेउमा बस्न दिएकै थियो २ नं अध्यक्ष मानेकै थियो जस्ता असभ्य अभिव्यक्ति दिने सम्मको हर्कत भएको थियो । अध्यादेश ल्याएर संवैधानिक निकायहरुमा आफूले भनेको मान्ने चाकरीवाजलाई ल्याउने कार्य चलिरयो भने नेपाली जनमानसमा सरकालाई काम गर्न दिएन भनेर उल्टो भ्रम फैलाउने काम भयो ।
जुन कुर्सीमा बसेर आज ब्रहलुट गरिरहेका छन् यो सानो वलिदनाले आएको होइन । आज केपी ओलीका चाकरीवाजले के बुझ्न जरुरी छ भने नेपालमा भएको क्रन्तिकारी परिवर्तन तथा रुपान्तरण बयलगाडामा चढेर आएको पनि होइन । १० वर्षे जनयुद्धमा तमाम महान विर योद्धाहरुले गरेको वलिदानले आएको हो । चाकरीवाजहरु जति कुर्लीए पनि नेपालको इतिहासमा माओवादी जनयुद्धले ल्याएको गणतन्त्र, संघीयता, समानुपातिक समावशीकरण जस्ता व्यवस्था रक्तिम अक्षरले लेखिसकेको छ । अब शताब्दीऔं सम्म पनि कोही रोएर चिच्याएर यो मेटिने छैन । सक्छौ मेटाएर देखाउ तिमीहरुको इतिहास लेखिने छ ।
Advertisement 2
केपी ओलीको असली रुप तव सार्वजनिक हुन थाल्यो जव अध्यादेश ल्याएर सांसद अपहरण गर्न थालियो । रातारात राज्यको शक्ति दुरुपयो गरेर विभिन्न कर्तुत गर्न थालियो । राष्ट्रपति जस्तो गरिमामय पदलाई दुरुपयोग गरी आफू अनुकुल प्रयोग गरेर वदनाम गर्ने काम भयो । यस्तो अवस्थामा सच्चा राजनीतिज्ञ तथा नागरिक समाज कसैलाई पनि सह्य हुने अवस्था थिएन र भएन ।
जनताको वलिदानले निर्माण गरेको संविधान कुल्चिएर संविधानमा नै नभएको संसद विघटन जस्तो जघन्य अपराध गरेर संविधानको निर्मम हत्या गर्ने प्रयत्न भयो । अझ यस्तो अपराधलाई केपी ओलीका आसेपासेले महान माने भने नाङ्गो हुदाँ पनि लाज मानेनन् उनीहरुलाई विधिको शासनको त वाल मतलव हुने कुरै भएन । सर्वोच्च आदालतले संविधानको कुनै पनि धारामा सिङ नभेटेका कारणले संसद विघटन उल्टियो यतिन्जेल सम्ममा उनीहरुको लाज पचिसकेको थियो । एकीकरणको अन्तिम चरणमा पुगेको पार्टी छुट्टा छुट्टै हुने फैसला सर्वोच्चले गर्यो यसका लागि काला कोठमा भएका काला कर्तुत यो विज्ञान र प्रविधिको युगमा कुनै दिन बाहिर आउला यदि आएन भने पनि स्वच्छ न्यायपालीकाले गरेको फैसलाका बारेमा अध्ययन होला ।
Advertisement 3
आत्मसमर्पण क्रान्तिप्रतिको गद्दारी हो भन्ने, विधि, मूल्य र विचारको खरो वकालत गर्ने माधव नेपाल–झलनाथ खनाल समूहलाई पनि पक्कै इतिहासले माफ गर्ने छैन ।
कसैले चाहे वा नचाहे पनि केचाहीँ सत्य हो भने छरिएर रहेका राज्यलाई एकिकरण गरी बृहद नेपालको निमार्ण राजा पृथ्वी नारायण शाहको नेतृत्वमा भएको थियो भने १० वर्ष जनयुद्ध गरेर नेपालमा गणतन्त्रको स्थापना पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा भएको थियो ।