मन्त्रिपरिषद् बैठक बस्दैं, नयाँ मुख्यसचिव नियुक्त हुने सम्भावना

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मध्यान्ह ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएसँगै सिंहदरवारमा कर्मचारीहरु विच नयाँ नेतृत्वको चर्चा शुरु भएको छ । बैठकमा भने मन्त्रालयका केही नियमित एजेन्डासँगै मुख्यसचिव नियुक्ति पनि गर्ने बारे छलफलका लागि बोलाएको स्रोतले जानकारी दिएको छ ।
Advertisement 1
मुख्यसचिव एकनारायण अर्याल मङ्गलवार ९ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। यससँगै रिक्त हुँदै गरेको पदमा नयाँ मुख्यसचिव आजै नियुक्त गर्ने सरकारको सम्भावना प्रबल रहेको ती स्रोतले जानकारी दिएको छ।
मुख्यसचिवको दौडमा अहिले २ नाम प्रमुख रूपमा चर्चामा छन्। मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर। योग्यताको मूल्याङ्कन र प्रशासनिक अनुभवलाई आधार बनाउँदै सरकारले नयाँ मुख्यसचिव चयन गर्ने चर्चा चुलिएको छ।
Advertisement 2
मुलुक जटिल संक्रमणबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा आन्तरिक–बाह्य राजनीतिक तथा प्रशासनिक चुनौतीहरूलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न सक्षम, अनुभवी नेतृत्व आवश्यक छ। यसका लागि कर्मचारीयन्त्रदेखि राजनीतिक तहसम्म सबै पक्षसँग सन्तुलित र सक्रिय समन्वय गर्न सक्ने क्षमता निर्णायक क्षमता भएको पात्र नै मुख्यसचिव नियुक्ति हुन जरुरी रहन्छ ।













