यो देशमा पुलिसकै दादागिरी चल्दो रहेछ,मेरो अस्पताल पनि तिनैलाई जिम्मा दिनुहोस

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले यो मुलुकमा प्रहरीको दादागिरी चल्दा कोभिड संक्रमित भई ट्रमामा उपचाररत विरामी अकालमा ज्यान गुमाउनुपर्ने अवपस्था आएको भन्दै चिन्ता पोखेका छन् ।

Advertisement 1

उनले अक्सिजन उद्योगले ट्रमामा पठाउन तयार पारेको अक्सिजन प्रहरीका माथिल्ला तहका व्यक्ति आएर उठाएर लगेका कारण ट्रमामा उपचाररत विरामीले अक्सिजन नपाई ज्यान गुमाउनुपर्ने स्थिती आएको उल्लेख गरेका छन् । आफूले यो कुरा गृह सचिव महेश्वर न्यौपानेलाई समेत जानकारी गराएको तर गृहसचिवले एक्सन लिनुभन्दा झारा टराई जबाफ फर्काएको उनले लेखेका छन् :-

 

Advertisement 2

अत्यन्तै मर्माहत छु साथिहरू!
साँझ ५:४९ बजे
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो
‘सर, अक्सिजन सकिनै लाग्यो!’
‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र!
‘हो सर, तर ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’
मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’
ऊ-सर हजुरहरुलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए।
हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!
म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)
म; अब के हुन्छ?
ऊ: हैन सर १० वटा पठइदिहाल्छु।
म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?
ऊ-सर त्यो त म के भनुँ।
नि:शब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!
उता: ….. यस्तै हो .. म बुझ्छु …..!!
पिडा छ हजुर
जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!

प्रकाशित :२०७८ बैशाख ३१, शुक्रबार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry