सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु २ हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ। आज १ तोला सुनको मोल रु २ लाख ४२ हजार ३०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ३ हजार १५० कायम भएको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ मंसिर ३, बुधबार ११:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












