आँखा शिविरबाट २४२ जना लाभान्वित

जुम्ला। सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन्।

Advertisement 1

बिहीबार सम्पन्न २ दिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए। शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए। बिरामीको आवतजावतदेखि आवाससम्मको खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो।

नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

Advertisement 2

यसैबीच, चालु आर्थिक वर्षको प्रथम ३ महिनामा जिल्लाका १ हजार ४७० जनाको नेत्र परीक्षण गरिएको यहाँस्थित नेत्रज्योति सङ्घले जनाएको छ। गत आवमा ५ हजार ७०० जनाले सेवा लिएका थिए।

प्रकाशित :२०८२ कार्तिक २१, शुक्रबार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry