सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं। सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
Advertisement 1
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पबाट क्षति भएको ÷नभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ।
यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।
प्रकाशित :२०८२ कार्तिक ११, मंगलवार १०:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










