नेप्से परिसूचकमा ७८ अङ्कले घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८.८३ अङ्कले घटेर २ हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो।

Advertisement 1

आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ। आजको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो।

आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन समूह ४.८४ र अन्य समूह ४.७९ प्रतिशतले घटेको छ। बैंकिङ २.३०, विकास बैंक २.९३, वित्त ३.६७, जलविद्युत् ३.९७, लगानी ३.१३ र जीवन बिमा समूह २.५५ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन १.९४, लघुवित्त २.८८, म्युचुअल फन्ड ०.९९, निर्जीवन बिमा २.३२ र व्यापार समूह २.८५ प्रतिशतले घटेको छ।

Advertisement 2

नेपाल माइक्रो इन्स्योरेन्क कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ। सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा ९.२७ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योेरेन्स कम्पनी लिमिटेडको रू ३८ करोड ७ लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ७ लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित :२०८२ आश्विन २६, आईतवार १६:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम