२ दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए

काठमाडौं। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ कैदीबन्दी फरार छन्।

Advertisement 1

पछिल्लो २ दिनमा ६ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए। कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए। भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए।

Advertisement 2

फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ। ती कैदीबन्दीहरू २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका थिए। कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन्। बालसुधार गृहबाट ९ सय ६३ जना भागेका थिए। प्रहरीले हिरासतमा रहेका २ हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ। १० जना कैदीबन्दीको भने मृत्यु भएको छ।

प्रकाशित :२०८२ आश्विन ७, मंगलवार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry