सेवाग्राहीको अनुरोधमा आज पनि एनओसी शाखा जारी

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र (एनओसी) जारी राखेको छ। सानो थिमिस्थित एनओसी शाखाका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो।

Advertisement 1

वैदेशिक अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा आज पनि जारी राखेको शाखाले जनाएको छ। जेन जेड आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तर पनि विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा आज सञ्चालन मा आएको हो।

प्रकाशित :२०८२ आश्विन १, बुधबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry