गण्डकी प्रदेशका प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरृका छन्।

Advertisement 1

प्रदेशसभाबाट पारित ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमुख भट्टले आज प्रमाणीकरण गरृको प्रदेश प्रमुखको कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिइन्।

दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पेस गरिएको थियो। संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित :२०८२ श्रावण १९, सोमबार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम