हेरोइनसहित २ जना पक्राउ

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement 1

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले २ राउण्ड हवाई फायर गर्दै २ जनालाई लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन् । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट १०० ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ।

Advertisement 2

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए। सोही क्रममा नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ।

प्रकाशित :२०८२ श्रावण १८, आईतवार १४:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry