भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, कति पुग्यो मृतकको संख्या ?

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
Advertisement 1
मंगलबार भारतमा ७९ हजार जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख १८ हजार ३४ जना पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३९ लाख ३९ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ९६ हजार ८ सय ३२ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ज्यान जानेको संख्या ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ८३ जनाको ज्यान गएसँगै भारतमा कोरोनाले ज्यान जानेको संख्या ८२ हजार ९१ जना पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
									
										प्रकाशित  :२०७७ भाद्र ३१, बुधबार १३:५५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                