रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।
Advertisement 1
रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।
उनले भने, ‘विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यस वर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।’
Advertisement 2
यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण असार १० गतेदेखि मात्र रथ निर्माण सुरू गरिएको थियो ।
प्रकाशित :२०७७ श्रावण १०, शनिबार ०८:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%