पूर्वीय मूल्य प्रणाली र सार्वजनिक वित्त व्यवस्थापन

पूर्वीय मूल्यहरू शासनलाई कानुनी वा प्रशासनिक संयन्त्र नभई, नैतिक नेतृत्वको अभ्यासको रूपमा हेर्छन्। यसमा सार्वजनिक पदधारीहरूले विनम्रता, समता, सहिष्णुता, दायित्वबोध, र करको न्यायोचित व्यवस्थापन गर्नुपर्ने भनिन्छ। सार्वजनिक स्रोतको दुरुपयोग, पदको घमण्ड वा व्यक्तिगत स्वार्थका लागि गरिएको खर्च पूर्वीय दृष्टिकोणले अस्वीकार गर्छ।
Advertisement 1
पूर्वीय दर्शन मानव जीवनको वास्तविकता र उत्तरदायित्वप्रति जागरूक बनाउने माध्यम हो। यसले शासनकर्ताहरूलाई शुद्ध नीतिमा आधारित बजेट निर्माण, प्राथमिकताको निर्धारण, विकास परियोजनाहरूको मूल्याङ्कन र संसाधनको न्यायपूर्ण वितरणमा मार्गदर्शन दिन्छ। नेपालजस्तो भूपरिवेष्टित र बहुसांस्कृतिक मुलुकमा पूर्वीय मूल्यहरूमा आधारित सार्वजनिक वित्त व्यवस्थापनले शासनप्रति जनताको विश्वास बढाउँछ र समावेशी विकासको बाटो खोल्छ।
वैदिक चिन्तनमा आधारित कर्म र धर्मका सिद्धान्तहरूले कर्मचारी र प्रशासकहरूलाई कर्तव्यपरायण बनाउँछन्। गीता र चाणक्य नीति जस्ता ग्रन्थहरूले नीतिसँगै वित्तीय व्यवहारमा विवेकशीलता र त्यागको भावना विकास गर्छन्। गान्धीजीको सत्याग्रहले पनि नैतिक आचरण र सार्वजनिक दायित्वलाई उजागर गर्छ।बौद्ध दर्शनले करुणा र समत्वमा आधारित नीति निर्माण गर्न प्रेरित गर्छ, जसले स्रोतको समान वितरणमा न्याय सुनिश्चित गर्दछ। पूर्वीय दर्शनले मानिसहरूलाई सहिष्णु, इमानदार, र आत्मनिरीक्षणशील बनाउने भएकाले, सार्वजनिक वित्तमा पारदर्शिता, जवाफदेहिता र सामाजिक न्यायको आधार प्रदान गर्छ। यसैले, पूर्वीय मूल्यहरू आध्यात्मिक वा धार्मिक शिक्षा मात्रै नभई आर्थिक व्यवस्थापन र वित्तीय नीति निर्माणका लागि पनि अत्यन्त सशक्त मार्गदर्शक हुन्। सार्वजनिक वित्त व्यवस्थापनमा यिनको प्रभावकारी समावेशले भ्रष्टाचार न्यूनीकरण, स्रोतको न्यायोचित उपयोग र दिगो विकासको सुनिश्चितता दिन सक्छ। त्यसैले नेपाल जस्ता मुलुकहरूले आधुनिक आर्थिक प्रणालीसँगै पूर्वीय मूल्यहरूलाई आत्मसात् गर्न आवश्यक छ।
Advertisement 2
सार्वजनिक वित्त व्यवस्थापनले राज्यका आर्थिक स्रोतहरूको समुचित संकलन, वितरण, प्रयोग र अनुगमनमार्फत जनताको सेवा गर्ने कार्य गर्दछ। यसको प्रभावकारिता केवल प्रविधि र प्रणालीमा मात्र नभई, मूल्य र नैतिकतामा पनि निर्भर हुन्छ। यस सन्दर्भमा पूर्वीय मूल्यहरूले सार्वजनिक वित्त व्यवस्थापनमा गहिरो योगदान दिन्छन्।
पूर्वीय दर्शनले सत्य, अहिंसा, सन्तोष, त्याग, धर्मपालन, कर्मयोग र लोककल्याणलाई मूलभूत मूल्यको रूपमा हेर्छ। यी मूल्यहरू सार्वजनिक वित्त व्यवस्थापनमा पनि लागू हुनसक्छन्। उदाहरणका लागि, कर्मयोगको भावनाले सरकारी कर्मचारीलाई इमानदारीपूर्वक र लोभरहित ढंगले काम गर्न प्रेरित गर्छ। त्याग र सन्तोषका मूल्यले अनावश्यक खर्च र व्यक्तिगत स्वार्थको न्यूनता ल्याउँछ। धर्म र लोककल्याणका आदर्शले बजेट निर्माणमा समावेशिता, न्याय र जनसेवा केन्द्रित दृष्टिकोण दिन्छ। सत्य र अहिंसाको मूल्यले पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्ध सशक्त सुरक्षा प्रदान गर्छ।पूर्वीय मूल्यहरू सार्वजनिक वित्त व्यवस्थापनलाई आत्मिक, नैतिक र दीर्घकालीन दृष्टिकोणमा रुपान्तरण गर्न सहायक हुन्छन्, जसले सुशासन, विश्वास र समृद्धिको आधार तयार पार्छ।
Advertisement 3
पूर्वीय मूल्य र शासकीय सिद्धान्तहरू परम्परागत नैतिकता, धर्म, कर्तव्य र सह–अस्तित्वमा आधारित छन्। हिन्दू, बौद्ध, जैन, कन्फ्युसियस र ताओवादी दर्शनहरूमा शासनको उद्देश्य जनकल्याण, न्याय र समरसताको स्थापनामा केन्द्रित पाइन्छ। ‘राजधर्म’को अवधारणा हिन्दू ग्रन्थहरूमा स्पष्ट छ, जहाँ शासकले धर्म, सत्य, दया र नीति पालना गर्दै प्रजाको सेवा गर्नु प्रमुख कर्तव्य मानिन्छ। यस्तै, बौद्ध दर्शनमा ‘धम्म’ पालन गर्ने राजा (धम्मराजा) आदर्श शासक मानिन्छ जसले लोभ, मोह र घृणाबाट मुक्त रही शासन गर्छ।
पूर्वीय दर्शनले शासकीय शक्ति अधिकार मात्रै होइन, उत्तरदायित्व समेत हो भन्ने सन्देश दिइन्छ। शासकको चरित्र, संयम, विवेक र नीतिमा आधारित शासन प्रणालीले समाजमा न्याय, समभाव र स्थायित्व ल्याउँछ। कन्फ्युसियसले शासनमा नैतिकताको आवश्यकता औंल्याउँदै शासक स्वयं नै सदाचारी भए मात्र जनताले अनुसरण गर्ने बताएका छन्।यी मूल्यहरूले आधुनिक शासन प्रणालीलाई समेत मार्गदर्शन गर्न सक्छन्, जहाँ पारदर्शिता, जवाफदेहिता, करुणा र समता मूल स्तम्भ हुन्छन्। राज्यसत्तालाई केवल कानूनी वा प्रशासनिक संयन्त्र होइन, नैतिक नेतृत्वको साधनका रूपमा हेर्ने दृष्टिकोण पूर्वीय दर्शनको विशेषता हो। यसैले पूर्वीय मूल्य र शासकीय सिद्धान्तहरू आज पनि समावेशी, न्यायपूर्ण र उत्तरदायी शासनको लागि अमूल्य मार्गदर्शक छन्।
दर्शन मानव जीवनको वास्तविक र सत्य ज्ञान हो, जसले मानिसलाई सत्यतर्फ उन्मुख गराउँछ। पूर्वीय दर्शनले जीवनका सबै पक्षलाई समेटेर सत्य र वास्तविकताको खोजी गर्छ। यो दर्शन कला, जीवनशैली, सामाजिक र राजनीतिक व्यवहारलाई निर्देश गर्ने अमूल्य निधि हो।नेपालजस्तो भूपरिवेष्टित मुलुकमा पूर्वीय दर्शनले राज्य व्यवस्था र शासन प्रणालीलाई प्रभावकारी मार्गदर्शन दिन सक्छ। तर पश्चिमी दर्शनप्रति जस्तो प्रचार–प्रसार पूर्वीय दर्शनले पाउन सकेको छैन। त्यसैले यसको महत्व र योगदानलाई अझ बढावा दिन आवश्यक छ।
वैदिक दर्शनले कर्म, धर्म, नीति र जीवन मूल्यमा विशेष ध्यान दिएको छ। चाणक्य नीति र गीता कर्मयोगले शासन र प्रशासनमा नैतिकता र दायित्वबोधको महत्व दर्शाउँछन्। गान्धीजीको सत्याग्रह र अहिंसाको दर्शनले पनि राजनीतिक नेतृत्व र जनसहभागिताका आदर्श प्रस्तुत गर्दछ।
बौद्ध दर्शनले मनोविज्ञान र मानव जीवनको दुःख बुज्ने तरिका सिकाउँछ, जसले राज्य व्यवस्थामा दयालुपना र समत्वको भावना विकास गर्न सहयोग पुर्याउँछ। यसरी पूर्वीय दर्शनले सामाजिक समरसता र न्याय सुनिश्चित गर्ने नीति बनाउँछ।यसैले, पूर्वीय दर्शन आध्यात्मिक वा धार्मिक शिक्षामा मात्रै सीमित नभई सामाजिक, राजनीतिक र नैतिक आयाममा राज्य प्रणालीलाई मार्गदर्शन गर्ने व्यापक आदर्श आधार हो। नेपालको शासकीय प्रणालीमा यस दर्शनलाई प्रभावकारी रुपमा समावेश गर्न सके भविष्यका चुनौतीहरूलाई सहज रूपमा पार गर्न सकिन्छ।
पूर्वीय दर्शनले शासकीय प्रणालीलाई सत्ताको अभ्यासको रूपमा मात्रै नभई, उत्तरदायित्व, सदाचार, करुणा र न्यायको आधारमा समाजसेवाको माध्यमको रूपमा हेर्ने दृष्टिकोण दिन्छ। हिन्दू दर्शनको ‘राजधर्म’, बौद्ध दर्शनको ‘धम्म’, जैन र कन्फ्युसियस शिक्षाले शासनमा नैतिकता, संयम, समर्पण र नागरिकप्रतिको दायित्वबोधलाई प्राथमिकता दिन आग्रह गर्छन्। यी मूल्यहरू नीति निर्माणमा मात्र सीमित छैनन्, सार्वजनिक वित्तीय व्यवस्थापन (उगदष्अि ाष्लबलअभ) मा पनि प्रत्यक्ष रूपमा लागू हुन्छन्।
पूर्वीय मूल्यले सार्वजनिक सम्पत्तिलाई “लोककल्याणको साधन“का रूपमा लिन्छ। वैदिक परम्परामा राजा (अर्थात् राज्य) जनताको सम्पत्तिमा स्वामित्व होइन, सेवकको भूमिका निर्वाह गर्छ। यस अर्थमा सार्वजनिक बजेट, कर सङ्कलन, तथा खर्च विनियोजन जस्ता विषयहरू नैतिकताको मूल्यमान्यतामा आधारित हुनुपर्छ। यस्ता मूल्यहरूले भ्रष्टाचार, अपारदर्शिता र व्यक्तिवादी दुरुपयोगलाई निरुत्साहित गर्दै सार्वजनिक वित्त प्रणालीलाई जवाफदेही, पारदर्शी, समावेशी र न्यायपूर्ण बनाउँछन्।
नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकमा सार्वजनिक वित्तीय अनुशासनलाई पूर्वीय मूल्यसँग समाहित गर्नाले सामाजिक न्याय, समान अवसर र सबैको प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ। पूर्वीय दृष्टिकोणमा ’धन’ व्यक्तिगत उपभोगको साधन मात्र होइन, बरु सामाजिक उत्तरदायित्व र जनसेवाको माध्यम हो। यसबाट प्रेरित भएर सार्वजनिक धनको सदुपयोग, आवश्यकता अनुसारको वितरण र दीर्घकालीन सन्तुलित विकासका लागि स्रोतको व्यवस्थापन गर्नु सुशासनको आधार बन्न सक्छ।
अहिलेको परिवेशमा जब लोकतान्त्रिक मूल्यहरू, मानवता, सदाचार र अनुशासनमा ह्रास देखिन्छ, त्यस्तो बेलामा पूर्वीय दर्शनले सार्वजनिक वित्त प्रणालीलाई पनि “नीतिमा आधारित आर्थिक प्रशासन“ बनाउने दिशामा मार्गदर्शन गर्न सक्छ। यसले नीति निर्माताहरू, प्रशासकहरू र जनप्रतिनिधिहरूलाई नीतिगत निर्णयमा इमान्दार, करुणाशील र उत्तरदायी हुन प्रेरित गर्छ।
गुरुकुल संस्कार, नीति कथा र धर्मशास्त्रहरूले बचपनदेखि नै व्यक्तिमा कर्तव्यबोध, संयम र पवित्र व्यवहारको विकास गरी राज्य, समाज र आर्थिक प्रणालीप्रति निष्ठा जगाउने वातावरण बनाउँछन्। यसरी, पूर्वीय मूल्यले वित्तीय अनुशासन, सामाजिक न्याय, र समन्वयपूर्ण आर्थिक संरचनाको विकासमा अमूल्य योगदान दिन्छ।त्यसैले, सार्वजनिक वित्त व्यवस्थापनमा पूर्वीय दर्शन समावेश गर्नु भनेको राजशक्तिलाई धर्मशक्तिसँग जोडेर आर्थिक स्रोतको न्यायपूर्ण उपयोग गर्ने नैतिक दायित्व बोध गराउनु हो। यसले समुन्नत, समावेशी र उत्तरदायी राज्य निर्माणतर्फ मार्गदर्शन गर्दछ, जहाँ नीति, न्याय र निष्ठा सँगसँगै अघि बढ्छन्।