विपद् न्यूनीकरणमा कागेश्वरी मनोहराले के गरिरहेको छ?

काठमाडौं। विपद् आउनु पहिले नै त्यसको सामना गर्न सक्ने तयारी गर्नु सशक्त नेतृत्व र दूरदर्शी योजनाको चिन्ह हो। यही दृष्टिकोणलाई आत्मसात गर्दै कागेश्वरी मनोहरा नगरपालिका विपद् न्यूनीकरण तथा व्यवस्थापनमा आक्रामक रणनीति सहित अगाडि बढेको छ।
Advertisement 1
अब शब्द होइन, काम बोल्ने बेला आएको भन्दै नगरपालिकाले यही मार्ग अपनाइएको बताएको छ।
Advertisement 2
नगरपालिकाले भूकम्प, बाढीपहिरो, आगलागी, र रोग महामारीजस्ता विपद्का सम्भावित जोखिमलाई पहिचान गरी त्यसअनुसार पूर्वतयारी, चेतनामूलक कार्यक्रम, र द्रुत प्रतिकार प्रणाली निर्माणमा सक्रियता देखाएको छ। वर्डास्तरीय विपद् समितिहरू गठन, स्थानीय जनशक्तिको तालिम, र विद्यालय तहमा विपद् शिक्षा कार्यक्रम सुरु गरिएको छ, जुन यस क्षेत्रमा पहिलोपटक यति संगठित रूपमा सञ्चालन गरिएको हो।
Advertisement 3
नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिका अब विपद्पछि रुन नभएर पहिलेदेखि नै तयारी अवस्थामा रहेको बताए। उनले विपद् पछि घट्ने घटनाको न्यूनीकरणका लागि सकेसम्म कम क्षति हुने गरी संरचना निर्माणमा ध्यान दिइएको पनि बताए। ‘अब हामी विपद्पछि रुन होइन, पहिले नै बिउँझिन चाहन्छौं,’ उनले भने, ‘हामीले योजना बनाउने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने अभ्यास पनि सुरु गरेका छौं।’
यसै सन्दर्भमा हालै सम्पन्न सिमुलेशन अभ्यास, स्थानीय युवा संलग्नता कार्यक्रम, र सामग्री भण्डारण केन्द्रको स्थापना जस्ता कार्यहरूले नगरवासीको विश्वास र आत्मबल बढाएको छ। नागरिक तहसम्म पुग्ने चेतना विस्तार कार्यक्रमले अब कागेश्वरी मनोहरालाई काठमाडौं उपत्यकामा ‘विपद् न्यूनीकरणमा नमूना नगरपालिका’ बनाउने दिशामा अग्रसर गराएको छ।
आगामी आर्थिक वर्षमा विपद् प्रतिकार कोष, संकट व्यवस्थापन प्रशिक्षण केन्द्र, र ‘जीईआएस’मा आधारित जोखिम नक्शा प्रणाली पनि लागू गर्ने तयारी भइरहेको छ।