मालपोतका ११ उपसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं। सरकारले मालपोतका ११ जना उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका ११ उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

Advertisement 1

जसअनुसार शेरबहादुर भण्डारीलाई मालपोत कार्यालय धरानबाट विराटनगर मालपोत खटाइएको छ।

त्यस्तै दिपक कुमार निरौलालाई दमक मालपोतबाट धुलिखेल मालपोत, दिपक कोइरालालाई धुलिखेलबाट बेलबारी मालपोत, मनोजकुमार शैनीलाई खैरहनी चितवनबाट भैरहवा र खेमनारायण पौडेललाई भैरहवाबाट बागलुङ स्थानान्तरण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

Advertisement 2

त्यस्तै मदन घिमिरेलाई बेलवारी मालपोतबाट इनरुवा, खिमानन्द आचार्यलाई बागलुङबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा तानिएको छ।

त्यस्तै विष्णुप्रसाद निरौलालाई हरिवन सर्लाहीबाट धरान मालपोत, लिलामणि न्यौपानेलाई चन्द्रगढी मालपोतबाट, राजेशप्रसाद पोखरेललाई चन्द्रगढीबाट हरिवन र राजेन्द्रप्रसाद पौडेललाई कास्की लेखनाथबाट चितवनको खैरेनी मालपोत पठाइएको मन्त्रालयले जानकारी गराएको छ।

प्रकाशित :२०८२ जेष्ठ २७, सोमबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry