टेलिकमको बिलिङमा ३३ करोड भ्रष्टाचार, एमडीसहित पूर्वपदाधिकारीविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीमा ३३ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको ठहर गरेको छ।

Advertisement 1

आइतबार आयोगले बिलिङ प्रणालीमा भ्रष्टाचार ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै टेलिकमका पदाधिकारिसहित पूर्वपदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनील पौडेलसहितविरुद्ध भ्रष्टाचार दायर गरेको हो।

Advertisement 2

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी आयोगको छ। ऋायोगले पहाडी, पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठसहित १८ जनालाई प्रतिवादी बनाएको छ।

उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो माग गरिएको छ।

प्रकाशित :२०८२ जेष्ठ २६, आईतवार १४:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry