राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा.पौडेल निर्वाचित

काठमाडौं। एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा.सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।

Advertisement 1

महासंघको पाचौँ राष्ट्रिय अधिवेशनले डा. पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन्।

डा. पौडेल यसअघि महासचिवमा थिए। यस्तै, उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल, महासचिवमा भीमराज सिंह, उपमहासचिवमा खगराज पोखरेल, ४ सचिवमा रूपा केसी, हरेन्द्र यादव ,अनुप केसी र चन्द्रबहादुर सुनार निर्वाचित भएका छन्।

Advertisement 2

यस्तै, निर्वाचन आयोग अध्यक्षमा नारायण पौडेल, लेखा आयोग अध्यक्ष डा. शेषानन्द सञ्जेल, अनुशासन आयोग अध्यक्षमा चिन्तामणि ज्ञवाली, सल्लाहकार परिषद्को अध्यक्षमा शारदा खनाल सर्वसम्मत निर्वाचित भएका छन्।

प्रकाशित :२०८२ जेष्ठ २२, बुधबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry