सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

Advertisement 1

विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला पाँच हजार रुपैयाँले वृद्धि भएको छ। चाँदी पनि तोलामा रु ५० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९९० मा कारोबार भइरहेको छ।

Advertisement 2

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित :२०८२ जेष्ठ ७, बुधबार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम