नर्दर्न टेरिटोरी स्ट्राइकरले नेपाललाई दियो १७८ रनको लक्ष्य

काठमाडौं। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलामा अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले नेपाललाई जितका लागि १७८ रनको लक्ष्य दिएको छ।
Advertisement 1
अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नर्दर्न टेरिटोरी स्ट्राइकरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको हो।
नर्दर्न टेरिटोरी स्ट्राइकरका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए। कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए।
Advertisement 2
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने शाहब आलमले २ विकेट झारे। त्यस्तै गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान १÷१ विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।