कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी

कर्णाली। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त भएका छन्।
Advertisement 1
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा. धामीलाई दिइएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहेका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।
Advertisement 2
यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो।
प्रकाशित :२०८२ बैशाख ८, सोमबार १०:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%