विद्युत् प्राधिकरण प्रमुख नियुक्ति र हटाउने प्रक्रिया ऊर्जा मन्त्रालयबाटै हुन्छ, तर कुलमानले भने- ‘हटाउने अधिकार मन्त्रिपरिषद्लाई मात्रै हुन्छ’

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार मन्त्रालयमा पेश गरेका छन्।

Advertisement 1

जवाफमा उनले विभागी मन्त्रालयलाई आफ्नो नियुक्ति गर्ने तथा आफूलाई हटाउने अधिकार नरहेको चुनौती दिएका छन्।

जब कि प्राधिकरण ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालय मातहतको निकाय हो। प्राधिकरणको प्रमुख नियुक्ति र प्रमुखलाई कारबाही गर्ने दायित्व उक्त मन्त्रालयकै हुन्छ।

Advertisement 2

कुलमान घिसिङले भनेजस्तो मन्त्रिपरिषद्लाई हटाउने अधिकार पनि ऊर्जा मन्त्रालयकै सिफारिसमा हुन्छ।

साथै प्राधिकरणको प्रमुख नियुक्तिको प्रक्रिया पनि ऊर्जा मन्त्रालयकै सिफारिसअनुसार हुन्छ। तर, कुलमान घिसिङले भने प्राधिकरणका खरिद प्रक्रियालगायतमा मनलाग्दी गरेर अहिले विभागीय मन्त्रालयलाई आफ्नो नियुक्ति, आफूलाई स्पष्टीकरण सोध्ने अधिकार तथा हटाउने अधिकार नरहेको प्रचार गरिरहेका छन्।

Advertisement 3

आफूले विद्युत् प्राधिकरणमा गरेको मनलाग्दी र कानुनविपरितका हर्कतको पर्दाफास हुने भएपछि मन्त्रालयले मागेको विवरण दिँदैनन् घिसिङ। उल्टै मन्त्रालयले स्पष्टीकरण सोध्न नपाउने, सोधेको स्पष्टीकरण मनोगत रहेको झुटा प्रचार गरेर विषयान्तर गर्न खोज्छन्।

त्यसको पछिल्लो उदाहरण उनले बिहीबार बुझाएको स्पष्टीकरणको जवाफ पनि हो। उनले बिहीबारको जवाफमा पनि आफूलाई लागेको आरोप मनोगत रहेको उल्लेख गरेका छन्।

यद्यपि ठेक्कापट्टालगायत खरिदका काममा भएको बदमासी छताछुल्ल हुने भएपछि त्यससम्बन्धी कागजात मन्त्रालयमा पेश गरेका छैनन्। विभागीय मन्त्रालयको हैसियतले ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयले प्राधिकरणबाट भए गरेका प्रत्येक कामको जानकारी राख्नुपर्छ।

त्यसका लागि प्राधिकरणले आफैं वा मन्त्रालयले माग गरेको आधारमा सबै कागजात विभागीय मन्त्रालयमा बुझाउनुपर्छ। तर, घिसिङले मन्त्रालयका निर्देशन, कानुन, नीतिनियम सबै कुल्चने गरेका छन्।

आफूलाई मनलागेअनुसार काम हुनुपर्ने अडान लिएर न्यायिक निकायका आदेशसमेत कार्यान्वयन गरेका छैनन्। वरिष्ठ अधिवक्ता रमण कर्णले कुलमान घिसिङले स्वच्छ किसिमले काम गरेका भए उनलाई मन्त्रालयले माग गरेका कागजात उपलब्ध गराउन कुनै आपत्ति नहुने बताएका छन्।

कुलमानले नियम कानुन मिचेर, मनलाग्दी काम नगरेर स्वच्छ तरिकाले काम गरेको भए हरहिसाब एकएक गरेर पारदर्शी बनाउनुपर्ने वरिष्ठ अधिवक्ता कर्णको भनाइ छ।

कुलमानलाई उनकै कर्मचारीको सुझाव : ‘संस्थाको माया भए राजीनामा गरी मार्ग प्रशस्त गर्नुहोस्’

‘कुलमानमा मै हुँ भन्ने प्रवृत्ति छ’

प्रकाशित :२०८१ फाल्गुन १५, बिहीबार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry