‘कुलमानमा मै हुँ भन्ने प्रवृत्ति छ’

काठमाडौं। वरिष्ठ अधिवक्ता रमण कर्णले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमा ‘मै हुँ भन्ने प्रवृत्ति’ देखिएको बताएका छन्।

Advertisement 1

पत्रकार ऋषि धमलासँग नेपाली बहस कार्यक्रममा वरिष्ठ अधिवक्ता कर्णले कुलमानको नेतृत्वमा प्राधिकरणले विभागीय मन्त्रीलाई समेत नटेर्ने, कानुन नमान्ने र खरिद प्रक्रियाका काम समेत समयमै नगर्ने गम्भीर अपराध गरिरहेको बताएका हुन्।

कुलमानले भनेअनुसार प्राधिकरण चल्नुपर्छ भन्ने अहंकार कुलमानमा देखिएको वरिष्ठ अधिवक्ता कर्णको भनाइ छ।

Advertisement 2

अधिवक्ता कर्णकै शब्दमाः
कुलमानलाई हटाउने कुरा छ। सरकारलाई कुलमानले सहयोग नगरेको कुरा चाँही जगजाहेर भइसकेको छ। उहाँ (कुलमान)ले मन्त्रिपरिषद्को निर्णयको अवज्ञा गर्नुहुन्छ। विभागीय मन्त्रीको निर्णय मान्नु हुन्नँ। त्यसपछि व्यक्तिमा मै हुँ भन्ने जुन प्रवृत्ति आउँछ, त्यो अवस्था अहिले उहाँ (कुलमान)मा देखिएको छ। कानुनभन्दा माथि छु भन्ने उहाँलाई लाग्या छ। उहाँले जे भन्नु हुन्छ, प्राधिकरण त्यसरी नै चल्नुपर्छ, सञ्चालन हुनुपर्छ भन्ने उहाँको मान्यता छ। मन्त्रिपरिषद्मा उनलाई हटाउन प्रस्ताव जानुको पृष्ठभूमी पनि यही हो। उहाँ (कुलमान)ले वर्तमान सरकारको निर्णय कुनै मान्ने मात्रै होइन, असयोग नै गरिराख्नु भएको छ।

कुलमानले कसरी असयोग गरिराख्नु भएको छ भन्ने कुराको आधारका रुपमा विद्युत् महसुल वक्यौता सम्बन्धीलाई लिन सकिन्छ। विद्युत् वक्यौता जुन छ, त्यसको विवाद छ। विवादमा सरकारले यो वक्यौता यसरी उठाउनलाई ऊर्जा मन्त्रालयलाई अधिकार छ, नेपाल सरकारले निर्णय गरेर। जब यसको प्रोपर गणना गर्नुहोस् र त्यसअनुसार वक्यौता उठाउनुहोस् भनिएको छ। अब त्यो गणना गर्नका लागि नेपाल सरकारको निर्णयअनुसार विभागीय मन्त्रीले, ऊर्जा मन्त्रालयले एउटा समिति गठन गरेको छ। त्यो समितिलाई उहाँ (कुलमान)ले केही कागजात नै दिइराख्नुभएको छैन। त्यो समितिलाई म सहयोग नै गर्दिन्न भनेर ‘नोट अफ डिसेन्ट’ लेख्नुहुन्छ, उहाँले आफ्नो बोर्डको बैठकमा।

Advertisement 3

त्यतिले पुगेन उहाँ (कुलमान)लाई। उहाँले के गर्नुभयो भने सर्वोच्च अदालतमा ३ जना मान्छे खडा गरेर पीआईएल हाल्न लाउनुभएको छ। उहाँ आफैंले आफ्नै विरुद्धमा पीआईएल राख्नुभएको छ। यसको प्रमाण सर्वोच्च अदालतमा सुरक्षित छ। जसरी रिट निवेदन, जसले यो पीआईएल हाल्नुभएको छ प्राधिकरणलाई पनि विपक्षी बनाएर, त्यो रिट निवेदकलाई जुन दिन सर्वोच्च अदालतमा बहस छ एक नम्बरमा, त्यो पीआईएलमा, त्यो विद्युत् प्राधिकरणको कानुन शाखाको व्यक्ति आउनुहुन्छ, विद्युत् प्राधिकरणका फाइल जुन छ, त्यो रिट निवेदकलाई दिनुहुन्छ, सर्वोच्च अदालतको भित्र। सीसीटीभी क्यामेरामा त्यसको प्रमाण सुरक्षित छ। त्यसपछि त्यहाँको जो वकिल खडा गर्नुभएको छ, त्यो वकिललाई प्राधिकरणको जम्मै फाइल दिएर त्यसमा आफ्नो ब्रिफिङ पनि दिनुहुन्छ। अब भन्नुहोस्, रिट निवेदक जो छ, जसले पीआईएल हाल्नुभएको छ, त्यसलाई प्राधिकरणकै कानुन शाखाका कर्मचारी, उच्चपदस्थ कर्मचारी आएर सर्वोच्चकै फाइल दिन्छ। त्यो पेपर चाँही बाहिरको रिट निवेदकलाई दिन मिल्ने, तर गणना गर्नका लागि जुन समिति मन्त्रालयले गठन गरेको छ, त्यसलाई नदिने। यो प्रमाण हो। यदि विपक्षी वास्तवमा हो भने प्राधिकरणको फाइल, प्राधिकरणको कानुनी शाखाको उच्चपदस्थ अधिकारी कसरी दिए रिट निवेदकलाई? किन दिनुपर्यो? उ त विपक्षी होइन र?

मओवादीले यसलाई राजनीतिक एजेण्डा जुन बनाइराखेको अवस्था छ, यही हो। योबाहेक माओवादीसँग राजनीति गर्ने एजेण्डा केही छैन। सरकारको विरोध गर्नु, कुलमानलाई जसरी भए पनि जे गरेर भए पनि कुलमानलाई प्राधिकरणमा राखेर मैले यो गरेको छु भनेर माओवादीले देखाइरहेको छ। तर, प्रश्न के उठ्छ भने लोडसेडिङ अन्त्य गर्ने कुलमानले जादु गरेर अन्त्य गर्नुभएको हो? कुनै पनि व्यक्ति कुनै पनि पदमा केही न केही राम्रो काम गर्छ। तर, त्यो राम्रो कामभित्र, राम्रो काम गरेसकेपछि एउटा प्रपोगाण्डा फैलाएर राम्रो काम गर्नुभयो ल ठिक छ उहाँले राम्रो काम गर्नुभयो। तर, के त्यसपछि कुनै खराब काम गर्नुभएन?

भारतसँग बिजुली किन्ने र बेच्ने काम उहाँ (कुलमान) प्राधिकरणमा आउनुभन्दा पहिलेदेखि भएको हो। खरिद चाँही लाइन निर्माण भइसकेपछि उहाँ आएर अनि पछि मात्रै भएको हो। लाइन निर्माण पहिल्यैदेखि भएको छ भने खरिद गर्ने प्रक्रिया पनि पहिल्यैदेखिको हो। त्यसपछि क्रान्ति गरिदिनुभयो। आज पनि नेपाल औद्योगिक क्षेत्रमा लोडसेडिङ छ कि छैन? आज पनि छ। उहाँ (कुलमान)ले कुन क्रान्ति गर्नुभयो? यो प्रश्नको जवाफ खोजिरहेको छ। त्यसपछि प्राधिकरणमा भ्रष्टाचार जुन छ, त्यो व्यापक छ। त्यसको लागि मन्त्रीले उहाँलाई स्पष्टीकरण सोध्दा स्पष्टीकरण दिनुभएन महिनौंसम्म। त्यसपछि दिएको स्पष्टीकरण पनि पूर्ण छैन। त्यसपछि उहाँले म विद्युत्को काममा व्यस्त भए त्यसकारण दिन सक्दिन्न भन्ने जुन कुरा गर्नुहुन्छ, जुन आरोप उहाँलाई लागिरहेको छ, त्यो आरोपबाट किन पञ्छिराख्नु भएको छ?

प्राधिकरणलाई उहाँले नाफामा ल्याएको विवाद त अहिलेसम्म चलिरहेको छ। गलत डाटा दिएर, २४ घण्टा विद्युत् दिन्छु भनेर भन्नुभयो, तर २४ घण्टा निदएर २४ घण्टा दिएवापत प्रिमियम चार्जको वक्यौता खडा देखाइदिनुभयो। त्यो देखाएर उहाँले जनमानसमा घाटामा रहेको प्राधिकरण नाफामा ल्याएको भन्दिनुभयो। र बोनस पनि खानुभयो। अब प्रश्न त्यही उठिरहेको छ कि, त्यो जुन गणना प्राधिकरणमा गर्नुभयो, जुन तपाईले वित्तीय विवरणमै चलखेल गर्नुभएको छ, आज अनुसन्धान त्यसैको हुन गइराखेको छ। आखिर सत्य हो भने अनुसन्धानबाट किन पञ्छिराख्नुभएको छ? नेपाल सरकारको निर्णयअनुसार विभागीय मन्त्रीबाट गठित समितिलाई उहाँ (कुलमान)ले मागजात दिएर ल ठिक छ, यो हिसाब यहाँ छ भनेर देखाइदिने हो नि। हिसाब देखाउन के आपत्ति भयो? त्यो हिसाब किन नदेखाउने? यदि स्वच्छ छविको व्यक्ति हुनुहुन्छ भने, भ्रष्टाचार गर्नुभएको छैन, प्राधिकरण साँच्चिकै नाफामा गएको छ भने त्यो प्रमाण त्यो समितिले खाइदिन्छ र? कि त्यो समितिले त्यो प्रमाण मेटिदिन्छ।

ठेक्काको विवरण जम्मै मागेको छ, त्यो अहिलेसम्म दिनुभएको छैन। किन दिनुभएको छैन? वित्तीय विवरणसँग अपराध उहाँ गरिराख्नुभएको छ। उहाँको कुनै पनि खरिद प्रक्रिया समयमा सम्पन्न भएको देखिँदैन। यी यावत कुराहरुले के देखाउँछ भने त्यो ठाउँमा तपाई यदि स्वच्छ हो भने स्वच्छताको प्रमाण, मागेको कागज दिनुपर्यो नि। उहाँले दिइराख्नुभएको छैन। त्यसपछि चाँही अर्को प्रश्न के उठ्छ भने उहाँको कार्यशैली जुन छ, त्यो आजको दिनमा डिफेन्सिभ भइसकेको छ। किनभने उहाँ आफ्नो रक्षा र उहाँको प्रशंसाको गानबाहेक प्राधिकरणमा उहाँले भनिराख्नुभएको कुरा मैले लोडसेडिङ अन्त्य गरे भन्ने नै हो। ल ठिक छ, लोडसेडिङ अन्त्य गरियो, त्यसपछि के गर्नुभयो? त्यसपछिको पारदर्शीताको जिम्मेवारी तपाईलाई छ कि छैन भन्ने जुन प्रश्नहरु छ, त्यसको जवाफ नदिनु र पञ्छिनु जुन छ, यसले के भनिरहेको छ भने, उहाँको दोस्रो कार्यकाल जुन छ, प्राधिकरणभित्रको कार्यशैलीमा मनपरी छ। प्राधिकरणभित्र जुन ठेक्का लगाएको छ, त्यो सबै कुरामा के देखिएको छ भने पारदर्शीता देखिएको छैन। अहिले अन्डरलाइनिङ भइरहेको विद्युत्को फाइल खोल्नुहोस् न। जुन यो विद्युत् लाइन अन्डरग्राउण्डको काम भइरहेको छ, त्यसको ठेक्काको नवीकरण कतिपटक भएको छ? किन भएको छ? र कसरी भएको छ? त्यो फाइल खोलेपछि उहाँ (कुलमान)को कार्यशैली थाहा भइहाल्छ।

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

डेढ अर्ब बढीको तार आपूर्तिको ठेक्कामा पनि कुलमानको बदमासी, न्यायिक निकायले दुईपटक दिएको आदेश मानेनन्

कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’

प्रकाशित :२०८१ फाल्गुन १४, बुधबार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry