८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो।
Advertisement 1
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकिएको छ।
यसअघि मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँका दरले भएको थियो।
Advertisement 2
मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला १९ सय ४० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ फाल्गुन १४, बुधबार १०:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%