११ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ११ सय रुपैयाँका दरले बढेको हो।

Advertisement 1

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा भएको थियो।

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदीको कारोबार प्रतितोला १९ सय ७० रुपैयाँमा भएको थियो।

प्रकाशित :२०८१ फाल्गुन ७, बुधबार १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry