कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

काठमाडौं। कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता गरिएको छ। भक्तपुरको सूर्यविनायक–१० स्थित मिलनचोकमा रहेको अस्पतालका सेवामा बैंकका ग्राहकले छुट पाउने गरी सम्झौता गरिएको हो।
Advertisement 1
सम्झौताअनुसार सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स-रे, युसीजी तथा ओपीडी टिकटमा २० प्रतिशतसम्म छुट र औषधिमा १० प्रतिशत छुट दिइने छ।
प्रकाशित :२०८१ फाल्गुन ५, सोमबार १३:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%