स्याटेलाइटको माध्यमबाट नेपालको कृषि क्षेत्रको पहिचान गरिने

काठमाडौं। स्याटेलाइटको माध्यमबाट नेपालको कृषि क्षेत्रको पहिचान गरिने भएको छ। त्यसका लागि उद्योगm वाणिज्य तथा आपूर्ति मन्त्री र नेपाल मैदा उद्योग संघका अध्यक्षबीच सम्झौता गरिएको छ।
Advertisement 1
यसबाट नेपालको कृषि क्षेत्रमा सुचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्न सजिलो हुने अपेक्षा गरिएको छ। सम्झौतबाट नेपालले विभिन्न फाइदा लिन सक्ने सम्झौतामा उल्लेख छ। जस्तै कृषि बजार सूचना र विश्लेषण ः नेपालको कृषि वस्तुहरूको मुल्य संकलनमा फाइदा पुग्ने बताइएको छ।
त्यस्तै दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ। कृषि वस्तु अनुसन्धान र परामर्श ः कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्।