खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग

काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले खाद्यपदार्थमा विषादी औषधिको प्रयोग सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडलले आम नागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। ‘विषादी मिसिएको तरकारी र फलफूलले आम जनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको अत्यधिक प्रयोगले उभोक्ताको क्यान्सर, मुटु र मिर्गौलामा प्रत्यक्ष असर पार्ने गरेको कुरा तथ्यांकले प्रमाणित गरेको छ, त्यसैले खाद्य वस्तुमा मिसावट स्वीकार्य छैन।’
Advertisement 1
खाद्य वस्तुमा मिसावट गर्नु संविधानको धारा, ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हक र धारा, ३६ मा उल्लिखित खाद्यसम्बन्धी मौलिक हकको समेत ठाडो उल्लंघन हुने उनको भनाइ छ।
उनले त्यसबारेमा सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने माग गरे। सांसद उदयबहादुर बोहराले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले सल्यानको श्रीनगरमा आयोजना गरेको ‘दोस्रो सल्यान महोत्सव’ हुने क्रममा गत माघ २६ गते ११ बजे आगलागी हुँदा स्टलहरु जलेर करोडौँको क्षति भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी व्यापारीलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने माग गरे।
Advertisement 2
सांसद गोमादेवी तिमिल्सिनाले पशुपति विकास कोषमा कार्यरत ३७ जना मजदुर विगत लामो समयदेखि आन्दोलित भएको भन्दै उनीहरुको माग सम्बोधनको निम्ति सरकारसँग माग गरिन्।