सुन खानीमा पुरिँदा कम्तीमा ४८ जनाको मृत्यु

काठमाडौं। पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ। माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः पहिरो र दुर्घटना हुने गर्दछन्।

Advertisement 1

विश्वका सबैभन्दा गरीब देशहरूमध्येको एक यस देशमा बहुमूल्य धातुको अवैध उत्खनन् नियन्त्रण गर्न अधिकारीहरूले संघर्ष गरिरहेका छन्। ‘स्थानीय समयअनुसार साँझ ६ बजेसम्म भत्किएर मृत्यु हुनेको संख्या ४८ पुगेको छ,’ एक प्रहरी स्रोतले भन्यो, “केही पीडित पानीमा खसे। तिनीहरूमध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा थियो।’

एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृतक संख्या ४८ रहेको जनाएको छ। पुरिनेहरुको खोजी जारी रहेको वातावरणीय संगठनका प्रमुखले बताए। स्रोतहरूका अनुसार शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको परित्यक्त स्थलमा भएको थियो।

Advertisement 2

जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो र धेरैजना बेपत्ता भएका थिए। तीमध्ये धेरैजसो महिला थिए। ठीक एक वर्षअघि शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। रासस÷एएफपी

प्रकाशित :२०८१ फाल्गुन ४, आईतवार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry