रोजगारी सिर्जना गर्दै ‘सहकारी’
तुलसीपुर। तुलसीपुरस्थित ‘हाम्रो पहुँच’ बहुउद्देश्यीय सहकारी संस्थाले एक सय बढीलाई रोजगारी प्रदान गरेको छ। चार हजार सात सय शेयर सदस्य रहेको सहकारीले एक सय सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको हो।
Advertisement 1
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले एक सय सात जनाले रोजगारी पाउनुका साथै एक हजार दुई सय उद्यमशीलतामा जोडिएका जानकारी दिए। उनका अनुसार सहकारीले बचत तथा ऋणसहित विद्यालय, पेट्रोलपम्प, डेरी उद्योगसहित विभिन्न ६ वटा व्यवसाय सञ्चालन गर्दै आएको छ।
विसं २०६४ मा स्थापनि भएको उक्त सहकारीले तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरूमा सेवा प्रदान गरिरहेको छ। हाल सहकारीको वार्षिक कारोबार ६० करोड रुपैयाँ रहेको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ करोड २८ लाख दुई हजार आठ सय ६५ खुद बचत छ।
Advertisement 2
पछिल्लो समय सहकारी सम्बन्धमा नकारात्मक विषय बढी आउने गरेका भन्दै अध्यक्ष भण्डारीले सकारात्मक र उदाहरणीय काम गरिरहेका सहकारीलाई स्थानीय सरकारले संरक्षण र प्रवद्र्धन गर्न योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए।