सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य

काठमाडौं। सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको कार्यदलले आवश्यक गृहकार्य सुरु गरेको छ।

Advertisement 1

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव समेत रहने गरी गठित उक्त कार्यदलले कसरी खानेपानीको महसुल छुट गर्न सकिन्छ भन्ने विषयमा आवश्यक गृहकार्य अघि बढाएको खानेपानी मन्त्रालयले जनाएको छ।

खानेपानीमन्त्री प्रदीप यादव तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबीच केही हप्ता पहिले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको विषयमा सहकार्य गर्ने सहमति भएसँगै उक्त कार्यदल गठन गरिएको थियो।

Advertisement 2

विद्यालयमा उपलब्ध हुने खानेपानी सेवाको दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त मोडेल तयार गर्न खानेपानी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएपछि कार्यदलले गृहकार्य थालेको टोलीका संयोजक एवं सहसचिव श्रेष्ठले जानकारी दिए।

कार्यदलले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे जानकारी संकलन गर्दै आवश्यक सुझाव लिइरहेको संयोजक श्रेष्ठले बताए।

प्रकाशित :२०८१ माघ २३, बुधबार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry