फेरि १ लाख ६० हजार पुग्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि नेपाली बजारमा १ लाख ७० हजार रुपैयाँ नाघेको सुनको मूल्य सरकारले भन्सार घटाएपछि १ लाख ५० हजार हारहारी पुगेको थियो।
Advertisement 1
त्यसपछि घटबढ भइरहे पनि १ लाख ६० हजार रुपैयाँ पुगेको थिएन। बुधबार सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा भएको थियो। त्यस्तै बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १८ सय ९५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदीको कारोबार प्रतितोला १८ सय ७५ रुपैयाँका दरले भएको थियो।
									
										प्रकाशित  :२०८१ माघ ९, बुधबार १०:४२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                