त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण गर्न १ अर्ब बढीमा ठेक्का आह्वान
काठमाडौं। सरकारले कीर्तिपूरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट जडान र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले शुक्रबार सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो।
Advertisement 1
कार्यालयले प्यारापिट निर्माणका लागि ६४ करोड रुपैयाँ लागत र फ्लडलाइट जडानका लागि ६९ करोड २० लाख रुपैयाँ लागत अनुमानमा बोलपत्र आह्वान गरेको हो।
सोही अनुसार कार्यालयले प्यारापिट निर्माणका लागि बिड सेक्युरेटि १ करोड ६२ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि बिड सेक्युरेटि १ करोड ७३ लाख रुपैयाँ लाग्ने बताएको छ। कुल लागतको २ देखि ३ प्रतिशत रकम बिड सेक्युरेटीका रुपमा राख्नुपर्ने प्रावधानअनुसार बिड सेक्युरेटि औषत २.५ प्रतिशत राख्दा दुवै कार्यका लागि करिब १ अर्ब ३४ करोड रुपैयाँ लाग्ने देखिन्छ।
Advertisement 2
कार्यालयले अगामी माघ ६ गतेसम्म बोलपत्रमा सहभागी हुन पाउने बताएको छ। त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान गरिएको यो चौथो पटक हो। यसअघि २०८० वैशाखमा, कार्तिकमा र २०८१ वैशाखमा बोलपत्र आह्वान गरिएको थियो। तर, बोलपत्रमा सहभागी हुने कम्पनीका आवेदन अयोग्य ठहरिएपछि बोलपत्र रद्द गरिएको थियो।
Advertisement 3
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरिएको बोलपत्र आह्वानअनुसार फ्लडलाइट जडान र प्यारापिट निर्माणको काम छिट्टै सम्पन्न गरिने बताएका छन्। उनले यसअघि आफू प्रधानमन्त्री भएपछिको पहिलो बैठकबाटै ३ सय दिनभित्र फ्लडलाइट जडान सक्ने निर्णय गरिए पनि विभिन्न कारणले ढिलाइ भएको बताएका छन्।
शुक्रबार आह्वान गरिएको बोलपत्रअनुसार सबै प्रक्रिया पूरा गरेर तीन सिफ्टमा काम गर्ने व्यवस्था गरी छिट्टै काम सकिने ओलीले फेसबुकमार्फत जानकारी गराएका छन्।