१ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार १ हजार रुपैयाँले सुनको मूल्य बढेको हो।

Advertisement 1

सोमबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँका दरले कारोबार भएको सुन मंगलबारका लागि १ लाख ५० हजार ३ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदीको मूल्य ३० रुपैयाँ प्रतितोलाका दरले बढेको महासंघले जानकारी दिएको छ। सोमबार प्रतितोला १८ सय १५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबार १८ सय ४५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ मंसिर १८, मंगलवार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry